२४ घण्टामा उपत्यकामा ८ सहित १५ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ८ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी मोरङका ४० र ७० वर्षका २ पुुरुष, रामेछापका २३ वर्षीय पुरुष, गोरखाका ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला र कपिलवस्तुकी ४७ वर्षीया महिलासहित आजै १५ जना संक्रमितको मृत्यु भएको हो ।
यसैगरी मृत्यु हुनेहरुमा काठमाडौंका ६१ वर्षीया महिला सहित ६ जना भक्तपुरका ७३ वर्षीय पुरुष र ललितपुरका ५५ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा