सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका ६९जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको मंगलसेन नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण देखिएको बताए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार सक्रमित डडेल्धुराको अमरगढी नगरपालिकाका हुन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय १० पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा