Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सरकारले फेरी घटायो कोरोना परीक्षण शुल्क, अब २ हजारमै परीक्षण हुने

सरकारले फेरी घटायो कोरोना परीक्षण शुल्क, अब २ हजारमै परीक्षण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले दोस्रोपटक कोरोनाको पीसीआर परीक्षण शुल्क घटाएको छ ।

अबदेखि पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ रहने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। डा गौतमले अन्राष्ट्रिय बजारमा पीसीआर परीक्षणमा लाग्ने रिएजेन्टको मूल्य घटेकाले शुल्क समायोजन गरी घटाएको जनाएका छन्। सरकारको यो निर्णसँगै अब सरकारी तथा निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण बापत २ हजार मात्र लिन पाउने छन्।

यसअघि सरकारले नै कोरोनाको पीसीआर परीक्षणका लागि शुरुमा ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।  तीन साताअघि मात्र त्यसलाई घटाएर ४ हजार ४ सय सम्म लिन पाउने गरी मूल्य तोकेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै