भरतपुर अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले गरे पदवहाली
हेल्थ टिभी अनलाइन \चितवन : भरतपुर अस्पतालका नव नियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले पदवहाली गरेका छन् । आइतबार बिहान अस्पताल पुगेर उनले पदवहाली गरेका हुन् ।
उनलाई अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले स्वागत गरेका थिए । सो अवसरमा उनीहरुले अस्पतालको विकास र सेवालाई चुस्त दुरुस्त बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
यसैगरी नव नियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले सरकारले आफूलाई विश्वास गरेर यो जिम्मेवारी दिएकाले अस्पताल र बिरामीका लागि सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भदौ २४ गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डेलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा