भेरी अस्पतालमा प्लाज्मा थेरापीद्धारा उपचार गरिएका संक्रमित निको भए
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा सिकिस्त भएका संक्रमितलाई प्लाज्मा थेरापीद्धारा उपचार गर्दा निको भएर आज डिस्चार्ज भएका छन्।
उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ का वडाध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए । उनले आफू कोरोना संक्रमणमुक्त भएको एक महिनामा अस्पताल गएर प्लाज्मा दान गरेका थिए ।
सल्यानका २९ वर्षीय संक्रमित युवकलाई प्लाज्मा थेरापी दिइएको थियो । उनी भेरी अस्पतालमा प्लाज्मा उपचार गराउने पहिलो संक्रमित हुन्। श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो आएपछि उनी भेरी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंकामा अस्पतालमा स्वाब संकलन गराएका उनको भोलिपल्ट अर्थात भदौ १३ गते कोरोना पाजेटिभ भएको पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । पछि प्लाज्माको व्यवस्था भएपछि उनलाई प्लाज्माद्धारा उपचार गरेपछि अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
यतिखेर उनले आफू मृत्युको मुखबाट बाँचेर आएको भन्दै आफू पनि अरु संक्रमितको लागि प्लाज्मा दान गर्न तयार भएको जनाएका छन्। सिकिस्त भएका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी उपयोगी हुने बताइएको छ । सोही अनुसार नेपालमा पनि प्लाज्मा थेरापीद्धारा आइसीयूमा गएका सिकिस्त बिरामीका लागि उपचार शुरु गरिएको छ





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण