गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय ६८ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयकोआइतबार बिहान १० बजेको बुलेटिन अनुसार २९ सय ६८ जनामा कोरोना पुष्टि भएको जनाएको हो । पछिल्लो बुलेटिनका अनुसार थप २९ जनामा कोरोना पुष्टि भएको छ । यो निर्देशनालयले आइतबार मात्रै जारी गरेको तेस्रो बुलेटिन हो । यसअघि ७ :५० बजे र ९ बजे पनि बुलेटिन जारी गरेर क्रमस ३२ जना र ४ जनामा कोरोना देखिएको जनाएको थियो ।
आज संक्रमण पुष्टि हुनेहरु सबै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएका पनि निर्देशानालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन्।
गण्डकीमा हालसम्म २७ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?