चितवनमा होम आइसोलेसनमा बसेकी संक्रमित वृद्धाको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन: चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिएका छन्। उनको आज आइतबार बिहान ६ बजे मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनको भदौ ११ गते कोरोना आशंकामा स्वाब संकलन गरिएको थियो। भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्। रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण