थप १४ जना संक्रमितले गुमाए ज्यान, कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभर १४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा एक महिला २ जना पुरुष गरी ३ जना, भक्तपुरका २ जना पुरुष, सुनसरीका एक जना पुरुष, पर्साकी ७८ वर्षीया महिला, चितवनका एक पुरुष, तनहुँकी ७६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी स्याङ्जा, गोरखा, कास्की र रुपन्देहीमा पनि १\१ जना पुरुषको कोरोनाबाट मृत्यु मन्त्राललयले जनाएको छ ।
नेपालमा संक्रमित हुनेहरुबाट मृत्युको दर शून्य दशमलब ६३ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा