काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना देखिएको हो ।
आज संक्रमण हुनेहरुमा काठमाडौंका ३७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना रहेका छन्।
आज देशभर १२०१ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमतिको संख्या ५३ हजार १२० पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा ३३६ जना संक्रमितले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा