२४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार १२० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १२०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १७६ पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । मन्त्रालयका अनुसार आज ८५२ जना संक्रमित कोरोना जितेर घर फर्केका छन्। योसँगै हालसम्म कोरोना जित्नेको संख्या ३७ हजार ५२४ पुगेको छ ।
यसैगरी देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा