भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मेघा अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भक्तपुरका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गदै भक्तपुरका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाएको छ । भदौ २६ गते ललितपुरको मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा भदौ २७ गते शनिबार बिहान ७ :४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शनिबार बिहानैदेखि विभिन्न जिल्लामा संक्रमितको मृत्यको खबरहरु आइरहेका छन्। आज बिहानै मात्र पोखरामा पनि स्याङ्जाका संक्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको हिजो सम्मको तथ्यांक अनुसार ३२२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?