Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा अस्पतालमा आज शनिबार बिहान ६:३२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार भदौ २४ गते अस्पतालको कोभिड उपचार केन्द्रको आइसीयूमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

योसँगै सो अस्पतालमा कोरोना सक्रमित भएर मृत्यु भएका उनी दशौंँ व्यक्ति हुन्। यसअघि ९ जना संक्रमितको पश्चिमाञ्चल अस्पतालमा मृत्यु भइरसकेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै