भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन जिल्ला राप्ती नगरपालिका -५ का ६१ वर्षीय पुरुषको कोरोना सक्रमणबाट आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ २५ गते बिहीबार श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका संक्रमित पुरुषको उपचारकै क्रममा आज शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पताले जनाएको हो । उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल आउने क्रममै सिकिस्त भएका उनको कोभिड आइसीयूमा राखी भेन्टिलेटरसहतिको उपचार गरिएको भए पनि कडा निमानियाका कारण बचाउन नसकिएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज ४ बजेसम्मको तथ्यांक अनुसार हालसम्म ३२२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा