Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘अनिच्छित गर्भ रहनबाट जोगाउने आकस्मिक गर्भनिरोधक चक्की’

‘अनिच्छित गर्भ रहनबाट जोगाउने आकस्मिक गर्भनिरोधक चक्की’

कल्पना आचार्य \काठमाडौं: अनिच्छित गर्भ रहनबाट जोगाउने आकस्मिक गर्भनिरोधक चक्की महिलाका लागि वरदान हुनसक्छ । तर अझै पनि नेपाल लगायतका एसिया प्यासिफक क्षेत्रका धेरै महिलाको यसमा पहुँच नै छैन्। जसका कारण धेरै महिला नचाहँदा नचाहँदै पनि गर्भ राख्न बाध्य हुन्छन्। वा ज्यान जोखिममा राखेर गर्भपतन गराउन बाध्य भइहरेका छन्। परिवार नियोजनका साधन प्रयोग गरिरहेका महिलालाई पनि यो आवश्यक पर्नसक्छ। कुनै बेला परिवार नियोजनको साधनको सही प्रयोग गर्न नजान्दा अथवा कतिपय अवस्थामा औषधि खान बिर्सेर वा कहिलेकाहीं नचाहेकै बेला यौन सम्पर्क हुँदा यो महिलालाई अति नै आवश्यक पर्छ । असुरक्षित यौनसम्पर्क भएको ७२ घन्टाभित्र आकस्मिक गर्भनिरोधकको प्रयोग गरेमा गर्भ रहन दिंदैन । तर जतिसक्दो छिटो प्रयोग गरेको राम्रो मानिन्छ ।

जस्वास्थ्य विज्ञ तथा अष्ट्रेलियन सेन्टर फर पब्लिक एण्ड पपुलेसन हेल्थ रिसर्चकी प्राध्यापक एन्जेला डार्सनले अझै पनि धेरै महिला आकस्मिक गर्भ निरोधक चक्कीका बारेमा अनभिज्ञ रहेको भन्दै उनीहरुलाई यसको पहुँचमा पुराउन जरुरी रहेको बताइन्। उनले ‘दशौं एसिया प्यासिफक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेकसुअल हेल्थ राइट्स’ को छैटौं भर्चुअल सेसनमा यी कुरा राखेकी हुन्।

उनका अनुसार महिलाले आफूलाई आपत पर्दा यो साधनको प्रयोग गर्न पाउनुपर्छ भन्ने मानव अधिकारसँग जोडिएको विषय हो । तर पनि विविध कारणले महिलाले यसको प्रयोग गर्न पाइरहेका छैनन्। प्राध्यापक डार्सनले आकस्मिक गर्भनिरोधक लाई लिएर समाजमा धेरै भ्रमहरु पनि रहेको बताइन्। उनले धेरैले यसले साइड इफेक्ट गर्छ, यो एकपटक खाए पछि गर्भपतन हुन्छ जस्ता भ्रमहरुका कारण यसको प्रयोग गर्न नचाहेको बताइन्। उनले भनिन, तर यस्तो हैन यसले तपाइँलाई जुन गर्भप्रति मोह नै छैन् वा राख्न चाहनुभएको छैन् त्यस्तो अवस्थामा मात्र प्रयोग गर्ने हो । सधै प्रयोग गर्दा यसले महिलाको स्वास्थ्यमा हानी गर्न सक्छ । यसलाई सधैं परिवार नियोजनका अन्य साधन जस्तै सधैं खाने भन्ने हैन्। उनले थपिन्।

डार्सनले परिवार नियोजनका कार्यक्रममा आकस्मिक गर्भनिरोधकलाई अनिवार्य समावेस गर्नपर्ने समेत जिकीर गरिन्। कार्यक्रममा डार्सनले अहिले कोरोना महामारीका बेला धेरै देशहरुमा लकडाउन गरिएको अवस्थामा महिलालाई यो अझै आवश्यक पर्ने बताइन्।

धेरै समय घरमै बस्दा महिलाहरु घरभित्रै यौन हिंँसामा परेका छन्। यो बेला बाहिर सबै व्यापार, व्यवसाय पसल बन्द छ । सजिलै परिवार नियोजनका साधन पनि पाइएका छैनन्। त्यसैले यसको महत्व कोरोना महामारीका बेला झनै देखिएको छ । महिलालाई कम्तीमा आकस्मिक गर्भ निरोधकका बारेमा ज्ञान भयो भने उनीहरुले आफूलाई परेको बेला प्रयोग गरेर अनिच्छित गर्भ रहनबाट जोगिन सक्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि