पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका काठमाडौं निवासी ६३ वर्षीय पुरुषको निधन भएको जनाएको हो । उनको उपचारकै क्रममा आज भदौ २६ गते बिहान ३ बजे मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो ४ बजेसम्मको तथ्यांक जारी गर्दै नेपालमा ३१७ जनाले कोरोनाबाट ज्यान गुमाएको जनाएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा