काठमाडौं उपत्यकामा एकै दिन थपिए ५७२ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ४९५ जना, भक्तपुरका ३४ र ललितपुरका ४३ जना रहेका छन्।
देशभर १२ सय ४६ जना संक्रमित थपिंदा उपत्यकामा मात्रै ७७२ जना संक्रमित थपिएका हुन्। कोरोनाको उच्च जोखिममा रहेका उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो रहेको छ ।
गत २४ घण्टामा १८ सय १८ जना संक्रमित निको भएर घर गएका छन्। नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा