Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १२ सय ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

थप १२ सय ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा थप १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना जितेर १८ सय १८ जना डिस्चार्ज भएका छन्। यो संख्या सँगै नेपालमा हालसम्म ३५ हजार ७ सय जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ५  हजार ८०६ रहेको छ भने देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै