थप १२ सय ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा थप १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । यसैगरी गत २४ घण्टामा कोरोना जितेर १८ सय १८ जना डिस्चार्ज भएका छन्। यो संख्या सँगै नेपालमा हालसम्म ३५ हजार ७ सय जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८०६ रहेको छ भने देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै