डडेल्धुरा अस्पतालमा २५ सयमै कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा स्वेच्छाले कोरोना परीक्षण गराउँदा २५ सय रुपैयाँ मात्र लाग्ने भएको छ ।
डडेल्धुरा अस्पतालले आज एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदिशचन्द्र विष्टले जानकारी दिए ।
यसअघि सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम