भेरी अस्पतालमा कार्यरत डा पाण्डे भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा राजन पाण्डेलाई नियुक्त गरेको छ ।
हाल बाँकेको भेरी अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट फिजिसियनको रुपमा कार्यरत डा पाण्डेलाई मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेका हुन्।
उनलाई दिइएको पत्रमा लेखिएको छ , ‘भदौ २४ गतेको निर्णय अनुसार तपाइँलाई अर्को व्यवस्था नभएसम्म भरतपुर अस्पताल चितवनको आर्थिक र प्रशासनिक अधिकार समेत प्रयोग गर्ने गरी प्रमुख मेडिकल सुपरिटेन्डेन्टको कामकाज गर्न खटाइएको छ ।’
डा पाण्डे कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खदिंदा आफै संक्रमणमा परेका थिए । उनी ५ दिन अघि मात्र संक्रमणमुक्त भएका हुन्। यसअघि भरतपुर अस्पतालमा डा श्रीराम तिवारी मेडिकल सुपरिटेन्डेन्ट थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा