Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा नर्स, बिरामीदेखि प्रहरीसम्म

गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा नर्स, बिरामीदेखि प्रहरीसम्म

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६ जिल्लामा गरी थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७ सय २८ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत एक जना नर्स एवं सोही अस्पतालमा उपचाररत बिरामी  समेत रहेका छन्। यसैगरी नेपाल प्रहरीमा कार्यरत प्रहरी लगायत अन्य क्वारेन्टाइनमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ ।

पोखराको क्षयरोय केन्द्रमा परीक्षण गर्दा कास्कीका १९ जना, बाग्लुङका ९ जना, तनहुँका ३ जना, स्याङ्जाका १२ जना, नवलपरासीका ५ जना र पर्वतका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै