काठमाडौंमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात पनि चल्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा तीन हप्तासम्म कडा निषेधाज्ञा लगाएको भए पनि अब भने निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि व्यापार, व्यवसाय, यातायातलाई सशर्त खोल्न दिने निर्णय गरेको हो । योसँगै भोलिदेखि सार्वजनिक यातायात पनि चल्न पाउनेछन्। तर जोर विजोर प्रणाली लागू हुनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कडा निषेधाज्ञाका कारण सर्वसाधारणको जनजीवनमा परेको समस्या मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना गर्दै काम पनि गर्नुस् भनेर यस्तो निर्णय गरिएको बताए । उनले निषेधाज्ञा खुकुलो भए पनि केही शर्तहरु पनि अनिवार्य पालना गर्नुपर्ने जनाएका छन्।
काठमाडौं उपत्यकामा भदौ ३ गते रातीबाट अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने गरी कडा निषेधाज्ञा जारी गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा