काठमाडौं उपत्यकामा थपिए ४६४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकाका आज थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३९४ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा प्रत्येक दिन ३ सय भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। देशभर २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्रै ४६४ जनामा संक्रमण देखिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा