Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

४० हजार सक्रिय संक्रमित पुग्दासम्म आइसोलेसनमा बेड अभाव हुँदैन्: स्वास्थ्य मन्त्रालय

४० हजार सक्रिय संक्रमित पुग्दासम्म आइसोलेसनमा बेड अभाव हुँदैन्:  स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ४० हजार सक्रिय संक्रमित हुँदासम्म आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड अभाव नहुने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड थपिएकाले ४० हजार संक्रमित पुग्दासम्म कसैका लागि पनि बेड अभाव नहुने बताएका छन्। उनले मन्त्रालयले ६४९ वटा गाउँपालिकामा ५ बेडको आइसोलेसन सेन्टर अनिवार्य रुपमा बनाएसँगै अब भने आइसोलेसन बेड अभाव नहुने बताए । उनले यसैगरी संक्रमितको लागि चाहिने आइसीयू तथा भेन्टिलेटरको संख्या पनि बढाइएको भन्दै  अहिले नै आत्ति हाल्नुपर्ने अवस्था नभएको जिकीर गरे ।

हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी हालसम्म ३३ हजार ८८२ जना संक्रमित निको भएर घर फर्केको पनि मन्त्रालयले जनाएको छ । डिस्चार्ज भएका र हाल सक्रिय भई विभिन्न आइसोलेसन सेन्टरमा रहेका संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

यसैगरी हालसम्म कोरोनाबाट ३१२ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै