४० हजार सक्रिय संक्रमित पुग्दासम्म आइसोलेसनमा बेड अभाव हुँदैन्: स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ४० हजार सक्रिय संक्रमित हुँदासम्म आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड अभाव नहुने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड थपिएकाले ४० हजार संक्रमित पुग्दासम्म कसैका लागि पनि बेड अभाव नहुने बताएका छन्। उनले मन्त्रालयले ६४९ वटा गाउँपालिकामा ५ बेडको आइसोलेसन सेन्टर अनिवार्य रुपमा बनाएसँगै अब भने आइसोलेसन बेड अभाव नहुने बताए । उनले यसैगरी संक्रमितको लागि चाहिने आइसीयू तथा भेन्टिलेटरको संख्या पनि बढाइएको भन्दै अहिले नै आत्ति हाल्नुपर्ने अवस्था नभएको जिकीर गरे ।
हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी हालसम्म ३३ हजार ८८२ जना संक्रमित निको भएर घर फर्केको पनि मन्त्रालयले जनाएको छ । डिस्चार्ज भएका र हाल सक्रिय भई विभिन्न आइसोलेसन सेन्टरमा रहेका संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
यसैगरी हालसम्म कोरोनाबाट ३१२ जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित