२४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संखया हालसम्म ३३ हजार ८८२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल कोरोनाको आशंकामा ५ हजार ४८० जना क्वारेन्टाइनमा रहेका छन् भने देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी हाल १६२ जना कोरोना संक्रमितको आइसोलेसनमा र २२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा