अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गर्दै काठमाडौंका ६७ वर्षीय कोरोना संक्रमितको अल्का अस्पतालमा मृत्यु भएको जानकारी दिएको हो ।
भदौ २३ गते बिहान अस्पताल आएका पुरुषको उपचारकै क्रममा सोही दिन साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हिजो ४ बजेसम्मको तथ्यांक अनुसार देशभर ३०६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा