चितवनमा १८ महिने शिशुसहित थप १२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ चितवन: चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालले भदौ २३ गते २५७ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना देखिएको जनाएको छ । यसरी संक्रमण हुनेहरुमा भरतपुरका २ जना पुरुष र ७ जना महिला रहेका छन् भने माडीका १८ महिने शिशु र अर्का २७ वर्षका पुरुष रहेका छन्।
अर्का एक जना भने सिन्धुपाल्चोक घर भए पनि भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जनाएकी छिन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा