Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुराको एकै गाउँका ४० जनामा देखियो भाइरल ज्वरो

डडेल्धुराको एकै गाउँका ४० जनामा देखियो भाइरल ज्वरो

शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेकस्थित बगाल र भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो।

पूरै बस्तीमा ज्वरोआएको सूचना आएपछि सोमबार र मंगलबार स्वास्थ्यकर्मी त्यहाँ खटिएका छन्। मलेरियालगायतका रोगको परीक्षण गर्न स्वास्थ्यकर्मी सोमबारबाट त्यहाँ खटिएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक दीपेन्द्र विष्टले जानकारी दिए।

प्रभावित गाउँमा परिवारका सदस्य समेत गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ। उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनि १८ जनाको शंकास्पद बिरामी भएकाले मलेरियाको माइक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

साथै ६४ जनामध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ। भाइरल ज्वरो आएकाहरुमध्ये जिनएक्सपर्ट ३ जना, टिबी माइक्रोस्कोपिक लागि ६ जना र कोरोना परीक्षणका लागि ७ जनाको स्वाब संकलन गरी डडेलधुरा अस्पताल ल्याइएको  छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै