डडेल्धुराको एकै गाउँका ४० जनामा देखियो भाइरल ज्वरो
शेर भण्डारी \डडेल्धुरा : डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेकस्थित बगाल र भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो।
पूरै बस्तीमा ज्वरोआएको सूचना आएपछि सोमबार र मंगलबार स्वास्थ्यकर्मी त्यहाँ खटिएका छन्। मलेरियालगायतका रोगको परीक्षण गर्न स्वास्थ्यकर्मी सोमबारबाट त्यहाँ खटिएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक दीपेन्द्र विष्टले जानकारी दिए।
प्रभावित गाउँमा परिवारका सदस्य समेत गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ। उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनि १८ जनाको शंकास्पद बिरामी भएकाले मलेरियाको माइक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।
साथै ६४ जनामध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ। भाइरल ज्वरो आएकाहरुमध्ये जिनएक्सपर्ट ३ जना, टिबी माइक्रोस्कोपिक लागि ६ जना र कोरोना परीक्षणका लागि ७ जनाको स्वाब संकलन गरी डडेलधुरा अस्पताल ल्याइएको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै