पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीय संक्रमित महिलाको मृत्यु भएको जनाएको छ । अस्पतालका निर्देशक प्रा .डा. अर्जुन आचार्यले भदौ २२ गते कोरोना संक्रमण भएर आइसीयूमा भर्ना भएकी महिलाको उपचारकै क्रममा आज भदौ २३ गते दिउँसो ३:५० मा मृत्यु भएको जनाएका छन्।
उनी दमको दीर्घ रोगी भएको अस्पतालले जनाएको छ । उनीसँगै प्रतिष्ठानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन