एकैदिन २ हजार २८७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज
कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गत २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न आइसोलेसन सेन्टरबाट गत २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका हुन्।योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ६८ प्रतिशत रहेको छ ।
यसैगरी हाल देशभर १४ हजार ८६८ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
आज मात्रै ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा