थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा ९०२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना निको भएर घर फर्किएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । हाल कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा