प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाउने व्यक्ति पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्राकृतिक चिकित्सक हुँ भन्दै विभिन्न माध्यममार्फत कोरोनाबारे अनावश्यक भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन्।
चिकित्सक हुँ भन्दै सुवास सुब्बा लिम्बुले मनोमानी रुपमा युट्युब च्यानल एवं सामाजिक सञ्जालमा कोरोना केही नभएको यसबाट डर पैदा गराएर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट अंग निकालिने गरेको आरोप लगाएका थिए ।
महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको हो ।
पछिल्लो समय लिम्बुले कोरोना हाउगुजी मात्र भएको र कोरोनाका बिरामी भन्दै कसैलाई हेर्न छुन नदिएर अस्पतालले व्यक्तिका महत्वपूर्ण अंग झिकेर बेच्ने गरेको आरोप लगाउँदै आएका थिए । आफूलाई चिकित्सक बताउने व्यक्ति कुनै पनि परिषदमा दर्ता छैनन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?