बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का ५९ बर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार राती साढे ८ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
भदौ १५ गते कोरोना पुष्टि भएका उनी होटलमा आइसोलेसनमा बसेका थिए । पछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १८ गते अस्पताल लगिएको भए पनि उपचारकै क्रममा हिजो आइतबार राती मृत्यु भएको श्रेष्ठले जनाएका छन्। उनी मधुमेह र मुटुरोगी रहेको बुझिएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा