अस्पतालमा भर्ना भएका बिरामी एवं स्वास्थ्यकर्मीसहित गण्डकीमा थप ६७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ४ जिल्लामा गरी थप ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या २५ सय ९८ पुगेको छ । संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३१ जना, नवलपरासीका ३१ जना, गोरखाका १८ जना र तनहुँका ३ जना रहेका छन्।
संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा भर्ना भएका २ जना बिरामी एवं पश्चिमाञ्चल सामूदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स एवं सफाई कर्मचारी समेत रहेका छन्। यसैगरी पोखरा फुड्स प्रालिमा कार्यरत २५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उता नवलपरसीमा एक जना स्वास्थ्यर्कीमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा