वीर अस्पताललाई कोभिड- १९ डेडिकेटेट अस्पताल बनाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुककै पुरानो वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने र हाल त्यहाँ भएका बिरामीलाई नजिकै रहेको ट्रमा सेन्टरमार्फत नियमित स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए ।
काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठक बसी आजै वीर अस्पताललाई कोभिड -१९ डेडिकेटेट अस्पताल बनाउने निर्णय गरेको हो ।
यसैगरी मन्त्रालयले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विधामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने पनि निर्णय भएको जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा