चितवनका थप ३० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \चितवन: चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३० सहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
शनिबार राती १२ बजेसम्मको तथ्यांकमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्। कोरोनाको आंशकामा १३४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४ जनामा पोजेटिभ देखिएको हो ।
चितवनका संक्रमितहरू १० वर्ष देखि ६६ वर्षसम्मका छन्। यसैगरी नवलपुर कावासोतीका ३ जना र कास्कीका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा