पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित थप ९ जना संक्रमितको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका ३ सहित थप ९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा गरी थप ९ जनाकोे मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा ३ जना महिला र ६ जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौैका ४१, ५९ र ६५ वर्षका पुरुष रहेका छन्। त्यसैगरी मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला, नवलपरासीकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुषले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउन पुगेका छन्।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा