पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ४१ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजा। ४१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको छ। यसैगरी विगत २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० छ।
विगत २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा