प्राकृतिक चिकित्सक हुँ भन्दै कोरोनाबारे भ्रम फैलाएकोप्रति संघको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय केही व्यक्तिहरुले आफूलाई प्राकृतिक चिकित्सक हुँ भन्ने दाबी गर्दै सर्वसाधारणमा कोरोनाका विषयमा भ्रम फैलाउने गरेको भन्दै प्राकृतिक चिकित्सक संघले आपत्ति जनाएको छ ।
विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले केही गैर चिकित्सकले प्राकृतिक चिकित्साका नाममा भ्रम फैलाउने र नकारात्मक धारणा सिर्जना गराउने खालका अभिव्यक्तिहरु दिएकोमा उनीहरुलाई कारवाहीको दायरामा ल्याइनुपर्ने माग गरेको छ ।
यसका साथै प्राकृतिक चिकित्सक हुँ भनेर दावी गरिएका व्यक्तिहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा समेत दर्ता नभएकाले उनीहरुको कुरा आधिकारीक नभएको र उनीहरुले मनोमानी रुपमा व्यक्त गरेका कुरा विश्वास नगर्न पनि संघले सर्वसाधारणलाई आग्रह गरेको छ ।
संघले कुनै पनि व्यक्तिले आफूलाई विशेषज्ञ बताइसकेपछि सो व्यक्ति विशेषज्ञ भए नभएको एकिन गरेर मात्र उसका कुराहरु सम्प्रेषण गरिदिन मिडियालाई पनि आग्रह गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा