स्वास्थ्य मन्त्रालयले बल्ल थाल्यो कोरोना सचेतना कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताव्यापी सचेतना कार्यक्रम शुरु गरेको छ । शनिबारबाट शुरु भएको सचेतना कार्यक्रममा १३ वटा क्लस्टर छु्ट्याएर सो स्थानमा गई सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड कसरी पालन गर्ने भन्ने वारेमा स्वास्थ्यकर्मीले जानकारी दिने मन्त्रालयले जनाएको छ ।
शनिबार साताव्यापी कार्यक्रममको उदघाटन मन्त्रालयका सह सचिव एवं कोेभिड -१९ का संयोजक महेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।
उपत्यकामा बढ्दो संक्रमणलाई ध्यान दिंदै विभिन्न स्थानमा माइकिङ गर्दै कोरोनाबाट बच्न सचेत गराइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसका लागि हिसानले गाडी उपलब्ध गराएको छ भने स्वयंसेवकको रुपमा स्काउटको टिम खटिएको छ ।
बढी मानिसको भिडभाड हुने स्थानलाई क्लस्टरको रुपमा लिइएको छ । बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, बल्खु, चावहिल,रत्नपार्क, मैतीदेवी, पाटन, लगनखेल, ग्वार्को , सातदोबाटो र भक्तपुरमा गई सचेतना कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गराउन सर्वसधारणलाई उत्प्रेरित गर्ने उद्धेस्यले यो कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त