Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले बल्ल थाल्यो कोरोना सचेतना कार्यक्रम

स्वास्थ्य मन्त्रालयले बल्ल थाल्यो कोरोना सचेतना कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताव्यापी सचेतना कार्यक्रम शुरु गरेको छ । शनिबारबाट शुरु भएको सचेतना कार्यक्रममा १३ वटा क्लस्टर छु्ट्याएर सो स्थानमा गई सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड कसरी पालन गर्ने भन्ने वारेमा स्वास्थ्यकर्मीले जानकारी दिने मन्त्रालयले जनाएको छ ।

शनिबार साताव्यापी कार्यक्रममको उदघाटन मन्त्रालयका सह सचिव एवं कोेभिड -१९ का संयोजक महेन्द्र प्रसाद श्रेष्ठले गरेका थिए ।

उपत्यकामा बढ्दो संक्रमणलाई ध्यान दिंदै विभिन्न स्थानमा माइकिङ गर्दै कोरोनाबाट बच्न सचेत गराइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसका लागि हिसानले गाडी उपलब्ध गराएको छ भने स्वयंसेवकको रुपमा स्काउटको टिम खटिएको छ ।

बढी मानिसको भिडभाड हुने स्थानलाई क्लस्टरको रुपमा लिइएको छ । बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, बल्खु, चावहिल,रत्नपार्क, मैतीदेवी, पाटन, लगनखेल, ग्वार्को , सातदोबाटो र भक्तपुरमा गई सचेतना कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गराउन सर्वसधारणलाई उत्प्रेरित गर्ने उद्धेस्यले यो कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार