Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन :  विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख बढी पुगेको छ  भने मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वभर २ करोड ६७ लाख ९२ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार ९५८ पुगेको जनाइएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस हालसम्म २१५ देशमा फैलिसकेको छ । वर्ल्डोमिटरका अनुसार हाल विश्वमा १ करोड ८९ लाख भन्दा बढी संक्रमितले कोेरोना जितेर निको भएका छन्।

हालसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै ६३ लाख ८९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ९२ हजार १११ जनाको मृत्यु भइसकेको छ । अमेरिका पछि ब्राजिल र भारत प्रभावित भएको तथ्यांक छ । ब्राजिलमा ४० लाख ९१ हजार भन्दा बढी र भारतमा ४० लाख २० हजार बढीमा कोरोना पुष्टि भइसकेको छ भने संक्रमितको संख्या दिन दिनै बढिरहेको छ ।

नेपालमा शुक्रबारसम्म ४४ हजार २३६ जनामा कोरोना संक्रमण देखिएको छ भने २७१ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार