विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन : विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार नाघेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वभर २ करोड ६७ लाख ९२ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार ९५८ पुगेको जनाइएको छ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस हालसम्म २१५ देशमा फैलिसकेको छ । वर्ल्डोमिटरका अनुसार हाल विश्वमा १ करोड ८९ लाख भन्दा बढी संक्रमितले कोेरोना जितेर निको भएका छन्।
हालसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै ६३ लाख ८९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ९२ हजार १११ जनाको मृत्यु भइसकेको छ । अमेरिका पछि ब्राजिल र भारत प्रभावित भएको तथ्यांक छ । ब्राजिलमा ४० लाख ९१ हजार भन्दा बढी र भारतमा ४० लाख २० हजार बढीमा कोरोना पुष्टि भइसकेको छ भने संक्रमितको संख्या दिन दिनै बढिरहेको छ ।
नेपालमा शुक्रबारसम्म ४४ हजार २३६ जनामा कोरोना संक्रमण देखिएको छ भने २७१ जनाको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा