Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बुटवलको कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित अस्थायी अस्पतालमा नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं २ की ३७ वर्षीया महिला र बुटवल उपमहानगरपालिका वडा नं ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनका अनुसार बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । महिलाको आज बिहान शनिबार ६ बजे र पुरुषको हिजो शुक्रबार राती ११ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार