Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा प्रयोगशालामा अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट

डडेल्धुरा प्रयोगशालामा अब एक घण्टामै कोरोना परीक्षणको रिपोर्ट

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा अब एक घण्टामै कोरोना परिक्षण हुने भएको छ। ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने भएको हो।

कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए। ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन्। हामी स्वाब नमूना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं,’ प्रयोगशाला इन्चार्ज भूषालले भने।

उक्त मेसिनबाट हालसम्म मृतक र गम्भिर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए। डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरे पश्चात मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार