२४ घण्टामा थपिए १३ सय ५९ जना संक्रमित, १४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४४ हजार २३६ रहेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ५४ जना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या २५ हजार ५६१ पुगेको छ ।
हाल कोरोनाको आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेको संख्या ६ हजार ५६१ रहेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा