काठमाडौं उपत्यकामा कोरोना : २४ घण्टामा थपिए ४५४ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४५४ जनामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ३८६ जना, भक्तपुरका ३६ जना र ललितपुरका ३२ जना रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यका ‘कोरोना हटस्पट’ बन्दै गएको विज्ञहरुले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा