चितवन मेडिकल कलेजमा पनि प्लाज्मा थेरापी उपचार शुरु
हेल्थ टिभी अनलाइन\ चितवन: चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ ।
हेटौंडा उपमहानगरपालिका ११ की ५२ वर्षीया संक्रमित महिलामा प्लाज्मा थेरापी उपचार शुरु गरेको अस्पतालले जनाएको छ । भरतपुर रक्तसंचार केन्द्रको सहयोगमा ती महिलालाई बिहिबार राती प्लाज्मा दिइएको हो ।
कोेरोना संक्रमण भएर निको भइसकेका व्यक्तिले दान गरेको रगतबाट प्लाज्मा निकालेर उनलाई चढाइएको हो । कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा थेरापी दिंदा सुधार हुने भएकाले यो विधि नेपालमा पनि शुरु गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा