Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजमा पनि प्लाज्मा थेरापी उपचार शुरु

चितवन मेडिकल कलेजमा पनि प्लाज्मा थेरापी उपचार शुरु

हेल्थ टिभी अनलाइन\ चितवन:  चितवन मेडिकल कलेजमा उपचाररत एक जना महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ ।

हेटौंडा उपमहानगरपालिका ११ की ५२ वर्षीया संक्रमित महिलामा प्लाज्मा थेरापी उपचार शुरु गरेको अस्पतालले जनाएको छ । भरतपुर रक्तसंचार केन्द्रको सहयोगमा ती महिलालाई बिहिबार राती प्लाज्मा दिइएको हो ।

कोेरोना संक्रमण भएर निको भइसकेका व्यक्तिले दान गरेको रगतबाट प्लाज्मा निकालेर उनलाई चढाइएको हो । कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा थेरापी दिंदा सुधार हुने भएकाले यो विधि नेपालमा पनि शुरु गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार