Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

७ जना प्रहरीसहित गण्डकीमा थप ४० जनामा संक्रमण पुष्टि

७ जना प्रहरीसहित गण्डकीमा थप ४० जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ७ जना प्रहरी रहेका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार आज ६ जिल्लामा गरी थप ४० जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३ सय ५२ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीमा १६ जना, पूर्वी नवलपरासीका १७ जना, लमजुङका ३ जना, तनहुँका २ जना, बाग्लुङ र स्याङ्जाका १ \१ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार