भरतपुर अस्पतालमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा ३५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । चितवन जिल्ला राप्ती नगरपालिका -९ की ३५ वर्षीया महिलाको आज साँझ ५ : १० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौ १४ गते मेडिकल आइसीयूमा भर्ना भएकी उनमा १७ गते कोरोना पुष्टि भएको थियो । मिर्गौला रोगी समेत रहेकी उनलाई कोरोना देखिएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएको भए पनि उनको अवस्था झनै जटिल बन्दै गएर आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा मन्त्रालयले आज ४ बजेसम्मको तथ्यांक प्रस्तुत गर्दै २५७ जनाको कोरोनाबाट ज्यान गएको जनाएको थियो ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?