पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसरी मृत्यु हुनेहरुमा ४ जना महिला र २ जना पुरुष रहेको जनाएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको संख्या २५७ पुगेको छ ।
मन्त्रालयले नेपालमा कोरोनाबाट हुने मृत्युदर शुन्य दशमलब ६ रहेको जनाएको छ । आज देशभर १२ सय २८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा