भरतपुर अस्पतालले कोरोना संक्रमितका लागि १ सय बेड थप्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि थप १ सय बेड थप गरेको छ । यसअघि अस्पतालमा कोरोना संक्रमितका लागि ७५ बेड छुट्याइएको थियो।
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले कोरोना संक्रमितको चापलाई हेरेर अस्पतालले अहिले भइरहेको बेडमा थप १ सय बेड गरी १७५ बेड कोभिड संक्रमितका लागि भनेर छु्ट्याएको बताए । उनले आइतबारदेखि १७५ वटै बेडमा बिरामी राख्न सकिने गरी काम भइहरेको पनि जानकारी गराए ।
यसैगरी अस्पतालमा आउने प्रसुति तथा अन्य शल्यक्रिया र कोभिड संक्रमितका लागि गर्नुपर्ने शल्यक्रियाका लागि छु्ट्टाछुट्टै अपरेसन थियटरको व्यवस्था गरिने भएको छ । यसका साथै संक्रमित महिलाबाट जन्मेका बच्चा राख्नका लागि छुट्टै एनआइसीयूको व्यवस्था समेत गरिने जनाइएको छ ।
यसैगरी अस्पतालका स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि उनीहरुलाई राख्नका लागि अस्पतालमा भएको कुरुवा घरलाई स्टाफ आइसोलेसन सेन्टर बनाइने पनि डा अधिकारीले बताएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा