Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु

चितवन मेडिकल कलेजमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ चितवन:  चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु छ।

चितवनमा रहेको चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ स्थायी घर भएकी ४० बर्षीया महिलाको मृत्यु भएको हो।

भदौ ६ गते झाडापखाला र लगातारको खोकीको समस्या लिएर अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्।

उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारको क्रममा उनको गएराति करिव १२ बजे मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै हालसम्म

चितवनमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि